काठमाडौं । सिराहामा बालक अपहरणपछि हत्या भएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंहलाई अपहरण गरी हत्या गरिएको अवस्थामा उनको शव गाउँ नजिकै आँप बगैंचामा फेला परेको छ।

परिवारका अनुसार अभिषेक गत आइतबार राति विहान ८ बजेपछि बेपत्ता भएको र रातभरि खोजी गर्दा पनि भेटिन। सोमबार बिहान अभिषेकको मोबाइलबाट आमालाई एउटा म्यासेज आएँ जसमा अपहरण र फिरौती मागिएको उल्लेख गरिएको थियो। घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन। प्रहरीले घटनाका सबै पक्षहरु तन्काएर सत्यतथ्य पत्ता लगाउन प्रयास गरिरहेको छ।

अपहरणकर्ताले पठाएको म्यासेज  
“तुम्हारा आदमी हमारे पास है। अगर तुम्हें तुम्हारा आदमी सुरक्षित चाहिए तो पाँच करोड़ रुपये २५ तारिक तक हमें दे दो। नहीं दिए तो उसे मारकर फेंक देंगे। पुलिसलाई कुछ बताने की कोशिश की तो भी मारकर फेंक देंगे। हम बिहार से हैं। टेंशन मत लो — बस हमारी मांग पूरी करो, तुम्हारे आदमी को वापस कर देंगे।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0