काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम समितिले सभापति रवि लामिछानेलाई पदीय जिम्मेवारीबाट अलग हुन सुझाव दिएको छ।

६ असोजमा बसेको बैठकपछि केन्द्रलाई पठाइएको पत्रमा रवि कारागारबाट बाहिरिँदा ४० लाख हस्ताक्षरकर्ताको भावना आहत भएको ठहर गरिएको छ। समितिले नख्खु कारागारबाट बाहिरिने निर्णय अपरिपक्व भएको र पार्टीको साखमा धक्का पुगेको भन्दै त्यस दिन संलग्न नेताहरूलाई छानबिन गरी कारबाहीको माग गरेको छ।

पत्रमा पूर्व सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामालाई पार्टीका लागि ठूलो क्षति बताइएको छ। साथै, केन्द्रीय निरंकुशता, व्यक्ति पूजा र संगठनप्रति बेवास्ता भएको आरोप लगाउँदै तत्कालीन पुनर्गठन र प्रदेश समितिलाई स्वायत्तता दिनुपर्ने माग गरिएको छ।

समितिले पार्टीलाई टिकाउ बनाउन कमजोरी स्वीकार गरी व्यक्तिनिर्भर संस्कृतिको अन्त्य गर्नुपर्ने निष्कर्ष निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0