काठमाडौ । शिक्षामन्त्री महावीर पुनले सामुदायिक विद्यालयदेखि विश्वविद्यालयसम्मका सुधार कार्यक्रमबारे महत्वपूर्ण घोषणा गरेका छन्।

उनका अनुसार अब देशभरका हरेक सामुदायिक माध्यमिक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा थपिनेछ। यसले विद्यार्थीलाई सूचना–प्रविधि शिक्षा पहुँचयोग्य बनाउने उद्देश्य राखिएको मन्त्री पुनले स्पष्ट पारे।

त्यसैगरी, कतिपय विश्वविद्यालयहरूले परीक्षा लिएपछि परिणाम प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म ढिलाइ गर्ने प्रवृत्तिले विद्यार्थीको भविष्यमा नोक्सान पुगेको भन्दै अब बढीमा तीन महिनाभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिइएको छ। सो समयसीमा नमान्ने विश्वविद्यालयको अनुदान नै रोक्का गरिने चेतावनीसमेत मन्त्री पुनले दिएका छन्।

त्रिभुवन विश्वविद्यालय परिसरसम्बन्धी अर्को निर्णयमा, कीर्तिपुरस्थित हाताभित्र रहेको ठूलो झाडी हटाएर त्यसलाई हरियाली बगैँचासहितको आकर्षक स्थलमा रुपान्तरण गर्ने, साथै विद्यार्थी र सर्वसाधारणका लागि व्यवस्थित फुटपाथ निर्माण गर्ने योजना अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0