झापा। झापाको कन्काई नगरपालिका–४ कोटीहोमस्थित बाटो छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
शनिबार साँझ करिब ६ बजे करिब ५५–६० वर्ष उमेरका पहाडी मुलका देखिने तर हालसम्म परिचय नखुलेका पुरुष उत्तानो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थललाई इप्रका सुरुङगाबाट प्रहरी निरीक्षक सुबास ढुंगानाको कमाण्डमा खटिएको टोलीले सुरक्षित राखेको छ ।
यसबाहेक थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इप्रका अनारमनीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













