काठमाडौंँ । हिट फिल्म ‘घरज्वाइँ’ निर्माण युनिटले ‘मितज्यू’ निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर फिल्म निर्माण घोषणा गरिएको हो ।

फिल्ममा जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहनेछ । घोषणामा फिल्मको एक पेन्टिङ्ग थिम पोस्टर सार्वजनिक गरिएको छ । जसमा दुई पात्रलाई एक सामान बोक्न भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ ।

भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । पोस्टरले ‘मितज्यू’ को कथावस्तु झल्काएको निर्माण युनिटले जनाएको छ ।

फिल्म वर्ष २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ । ‘घरज्वाइँ’ दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको फिल्म हो । ‘मितज्यू’ नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन २०८२ मा सुरु हुनेछ । फिल्मको कलाकार अहिल सार्वजनिक गरिएको छैन ।

केही दिनपछि फिल्मको कास्ट एण्ड क्रिउको बारेमा जानकारी दिने निर्माता घर्तीमगर बताउँछन् । महेश राईको लेखन फिल्ममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0