बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा भोलिदेखि प्रहरी औपचारिकरूपमा फर्किने भएका छन्।

गत भदौ २४ गते जेन–जी समूहको प्रदर्शनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै प्रहरी फर्किने तयारी भएको हो। हाल प्रहरीको गतिविधि जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा केन्द्रित छ।

पुनर्निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका पदम श्रेष्ठका अनुसार भोलि बिहान ७:३० बजे मुक्तिचोकबाट सद्भाव र्‍यालीसहित प्रहरीलाई औपचारिक रूपमा कार्यालय प्रवेश गराइनेछ।

हालसम्म पुनर्निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको र अझै पनि धमाधम काम भइरहेको जनाइएको छ।

चाडपर्वको समयमा बिर्तामोड क्षेत्रमा प्रहरी नहुँदा चोरी, डकैती लगायतका आपराधिक घटनाहरू बढ्दै आएको भन्दै स्थानीयले शीघ्र प्रहरी फर्कनुपर्ने माग गर्दै आएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0