बिर्तामोड । झापाको बिर्तामोड–६ स्थित गिरि बन्धु टि–स्टेट अगाडिको पूर्व–पश्चिम राजमार्गमा सगरमाथा यातायातको यात्रुबाहक बस दुर्घटनामा परेको छ। दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।
आज बिहान करिब साढे ९ बजे विराटनगरबाट काकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४४५९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ।
घटनामा सुनसरी इटहरी–११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र मोरङ रंगेली–२ का ४२ वर्षीय बस कन्टेक्टर राजकुमार चौधरीको मृत्यु भएको पुष्टि भएको छ। घटनास्थलमै मृतक एक पुरुषको शव रहेको प्रहरीले जनाएको छ। मृतकहरुको पहिचान खुलेको छैन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरु निम्न छन्;–
१) सुनसरी इटहरी न.पा–११ बस्ने बर्ष– ३८ का गुलसनराज शर्मा (हात खुट्टामा चोट सामान्य)
२) ऐऐ बस्ने उनकी श्रीमती बर्ष–३६ की अंकिता शर्मा (हात खुट्टामा चोट सामान्य)
३) ऐऐ बस्ने उनकी छोरी बर्ष–६ की मनसुई शर्मा (टाउको चोट अवस्था मध्यम)
४) ऐऐ बस्ने बर्ष–३७ की बिनु शर्मा (टाउकोमा चोट अवस्था मध्यम)
५) मोरङ बिराटनगर महानगरपालिका वडा नं–२ बस्ने बर्ष–४२ का सोमकुमार भुजेल –सहचालक (हात खुट्टामा चोट सामान्य)
६) पाँचथर कुम्मायक गा.पा–६ बस्ने बर्ष–२८ की गंगा लिम्बू(हात खुट्टा अनुहारमा चोट सामान्य)
७) .झापा कमल गा.पा–७ बस्ने सुवास लावतीका छोरा बर्ष–८ का लाजिहाङ लावती (टाउको चोट अवस्था मध्यम)
८) ऐऐ बस्ने बर्ष–२३ की सुहाना लिम्बू (हात खुट्टामा चोट सामान्य)
९) ऐऐ बस्ने निजकै भतिजो बर्ष–५ का मेङ्सो लिम्बु (हात खुट्टामा चोट सामान्य)
१०) मोरङ बिराटनगर मनपा –१ बस्ने बर्ष १७ की अनुषा भट्टराई –सामान्य
११)ऐ.ऐ. बस्ने बर्ष –३६ की मन्जु खतिवडा –(हात खुट्टा अनुहारमा चोट सामान्य)
१२) झापा दमक नपा –१ बस्ने बर्ष –६० की राधिका खतिवडा (हात खुट्टा अनुहारमा चोट सामान्य)
१३)जिल्ला ताप्लेजुङ फक्तालुङ गापा–१ बस्ने राकेश लिम्बू –(हात खुट्टा अनुहारमा चोट सामान्य)
घाइते तथा मृतकलाई बीएण्डसी अस्पताल पठाइएको र बस चालक तत्काल फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













