काठमाडौं । काठमाडौं विश्वविद्यालयमा कानुन विषय अध्ययनरत विद्यार्थी विपना शर्मा र आयुष बडालले प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
रिट दायर गर्ने विपना शर्मा र आयुष बडाल दुवै जेनजी उमेर समूह अर्थात् २८ वर्ष भन्दा कम उमेरका छन्।
रिटमा राष्ट्रपतिले संविधान विपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र संसदबाट विश्वासको मत नलिएर संविधानको उल्लंघन गरेको उल्लेख छ।
दुवै विद्यार्थीले प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै त्यसपश्चातका सबै निर्णय र सूचनाहरू बदर गरी संसद पुनर्स्थापना गर्न माग गरेका छन्। सर्वोच्च अदालतमा नयाँ मुद्दा दर्ता खुल्दै गर्दा अहिले सम्म यस्तै विषयमा पाँच वटा रिट दर्ता भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













