बिर्तामोड । प्रथम संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०८२ लाई लाइभ भिन्टेज डेनिम (एलभिडी) ले मुख्य प्रायोजन गर्ने भएको छ ।

गोल्डकप र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी एलभिडीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको हो । एलभिडीले मुख्य प्रायोजकका रुपमा पहिलोपटक सहयोग गरेको जनाएको छ ।

अब ‘एलभिडी झापा महिला गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । एलभिडीले यसअघि झापामा भएको फुटबलमा पनि प्रायोजन गरेको थियो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सिओओ) सौरभ श्रेष्ठले झापा महिला गोल्डकपसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

नेपालमा १० वर्षदेखि सञ्चालनमा रहेको एलभिडीले महिला खेलाडीको प्रोत्साहनका लागि मुख्य प्रायोजकको भूमिकामा रहेको श्रेष्ठले बताए । नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता भएकाले आवद्ध भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0