दमक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडकखण्डमा आज राति  बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमकबाट मोरङको टाडी तर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिँदा दुर्घटना भएको हो। बसमा करिब ३५ जना यात्रु सवार थिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङ मिक्लाजुङ–३ का ३६ वर्षीय भीमबहादुर मगरलाई उपचारको क्रममा आम्दा अस्पताल खरखरेमा राति १२ः२८ बजे चिकित्सकले मृत घोषित गरेका थिए।

अन्य २१ जना घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार आम्दा अस्पतालमा गरिएको थियो। अस्पतालका अनुसार घाइतेमध्ये २० जनालाई आज बिहान डिस्चार्ज गरिएको छ भने पेटमा चोट लागेकी १७ वर्षीया सपना श्रेष्ठको उपचार जारी छ।

घाइतेहरूमा सिता मगर, योगेश मगर, विपिन श्रेष्ठ, सपना श्रेष्ठ, नन्दमाया मगर, आशिन लिम्बु, रामकुमारी मगर, रोनिशा दर्जी, टंकबहादुर गुरुङ, साजन श्रेष्ठ, बिष्णु कुमारी लिम्बु, निकेश भुजेल, शिसिर राई, प्रेम र रुपा रसाइली, सन्दीप रसाइली, राजन श्रेष्ठ, एन्जिला जोगी, पुनम मगर र अनुसा मगर रहेका छन्।

दुर्घटनापछि बस चालक ३९ वर्षीय भक्तबहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस भने घटनास्थलमै रहेको र बाटो अवरुद्ध नभएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0