काठमाडौं । विमानभित्र अचानक लाजपनि लजायो । एक मस्त युवतीले अचानक भित्री बस्त्र समेत फ्यालेर आफ्ना लाजका गहना नचाउँदै उभिइन् । अमेरिकाको फिलाडेल्फियाबाट शिकागो जाँदै गरेको साउथवेस्ट एयरलाइन्सको उडानको घटना हो यो । एक यात्रुले आफ्नो सिटमै नग्न भएर आपत्तिजनक हर्कत गरेपछि सबै हैरान भए ।

फ्लाइट नम्बर ४१८ मा यात्रा गरिरहेकी ती महिलाले आफ्नो जन्मदिनको बहानामा लुगा फुकालेर सिटमै अस्वाभाविक व्यवहार गरेपछि विमानका अन्य यात्रुहरूलाई ठूलो असहजता भएको थियो। घटनापछि विमान अवतरण भएपछि स्थानीय कानून प्रवर्तन निकाय र मेडिकल टिमलाई बोलाइएको साउथवेस्ट एयरलाइन्सले जनाएको छ।

यो घटना यतिबेला चर्चामा आएको हो जब केही दिनअघि मात्र अर्को साउथवेस्ट उडानमा एक महिलाले स्तन नाङ्ग्याएर क्याबिनभर हिँडेको र ककपिटमा पस्ने प्रयास गरेको भिडियो सार्वजनिक भएको थियो। विमानमा यस्ता आपत्तिजनक गतिविधिहरूले सुरक्षा तथा यात्रु अनुभवमा गम्भीर असर पारिरहेको भन्दै विज्ञहरूले यस्तो अवस्थामा यात्रुहरूलाई शान्त रहन, सुरक्षित दूरीमा रहन र चालक दलको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
1
+1
0